Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको थुनछेक बहस सकिएन्, भोलि पुनः अदालत उपस्थित हुने गरी परिवारको जिम्मा लगाइयो

बिहीबार, माघ १०, २०८१

बुटवल- रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो ।  पीडित पक्षको दुई  वकिलको बहस भने बाँकी रहेको छ ।

रुपन्देही जिल्ला अदालतका स्वास्तेदार  गोविन्द ज्ञवालीले सरकारी वकिलको बयान सकिएको बताए । उनले  पीडित र रविका तर्फबाट भोलि बहस हुने खुलाए। उनले रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको बताए ।

सरकारी  बहसमा जिल्ला  सरकारी  वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा  भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा भएको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्