थानकोटदेखि धुलिखेलसम्मको रुटमा महानगर यातायातको सेवा सुरु
काठमाडौँ- महानगर यातायात प्रा.लि.लेथानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा सुरु गरेको छ ।
बिहीबार काठमाडौँमा एक कार्यक्रम गरी थानकोट–धुलिखेल सेवा सुरु गरेको हो । काठमाडौँको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजदेखि सञ्चालनमा ल्याएको हो ।
नयाँ बसहरू थपिएसँगै महानगर यातायातका बसहरू ८९ पुगेको प्रा.लि.ले जनाएको छ । सिप्रदी ट्रेडिंग प्रा.लि.ले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रा।लि।लाई हस्तान्तरण गरेको हो ।
नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरूमा पनि सेवा विस्तार गरेको महानगर यातायात प्रा.लि.ले जनाएको छ ।
यातायात प्रा.लि.का अनुसार आजदेखि नै महानगर यातायातले काठमाडौँको चन्द्रागिरि, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्न सुरु गरेको छ।
साथै, महानगर यातायात प्रा.लि.ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ ।