२३ पालिकाका निमित्त प्रशासकीय अधिकृतको खोसियो जिम्मेवारी (सूचीसहित)
केही स्थानीय तहमा वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको पाइएपछि मन्त्रालयले जिम्मेवारीबाट हटाइएको हो । सबैभन्दा बढी धनुषा र हुम्लाका ३–३, महोत्तरी, बारा, सर्लाही, मुगु र अछामका २–२ स्थानीय तह रहेका छन् ।
मन्त्रालयले ९ माघमा गरेको निर्णयअनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आईरहेका अधिकृतहरु आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ । पछिल्लो समयमा स्थानीय तहका प्रमुखहरूकै सिफारिसमा पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ १९:४२
प्रतिक्रिया दिनुहोस्