Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा र भैरहवा विमानस्थलबाट हुने उडानमा यात्रुसेवा शुल्क हट्यो, यस्तो छ कारण

शुक्रबार, माघ ११, २०८१

काठमाडौं- सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ टिकटमा लाग्ने यात्रुसेवा शुल्क हटाएको छ।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८३ भदौ मसान्त सम्मका लागि पूर्ण छुट दिने निर्णय गरेको हो। अहिले प्रतियात्रु तीन हजार रुपैयाँ शुल्क लाग्ने गरेको छ। मन्त्रालयको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ।

दुबै विमानस्थलले पर्याप्त यात्रु नपाएपछि सरकारले शुल्क हटाएको हो।

पोखरा विमानस्थलबाट चाटर्ड उडान हुँदै आएको छ। भैरहवाबाट थाइ एयर एसिया र जजिरा एयरवेजले उडान गर्दै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्