नेभिगेशन
पूर्वाधार

काठमाडौँ महानगरले हनुमानढोकामा तार भूमिगत गर्ने शिलशिलामा के भन्यो? सूचना हेर्नुस्

काठमाडौं - काठमाडौं महानगरपालिकाले पोलमा टाँगिएका इन्टरनेटका तार हटाउन इन्टरनेट सेवा प्रदायकहरुलाई ताकेता गरेको छ।

 

 

 

महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले दरबार परिसरमा अव्यवस्थितरुपमा रहेका विद्यु्तका तारसमेत भूमिगत गर्दै मन्दिरमा बिजुली-बत्तीको व्यवस्थापन भइरहेको जनाएको छ।

त्यसक्रममा सो क्षेत्रमा रहेका फलामे तथा काठे पोलहरुसमेत हटाउनुपर्ने भएकाले त्यहाँ टाँगिएका इन्टरनेटका तारलाई भूमिगत वा उचित व्यवस्थापन गर्न महानगरले ताकेता गरेको छ।

 

received_972691934717683-1737690279.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार