नेभिगेशन
राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठकः यस्तो ह्वीप जारी हुनेवाला छ

काठमाडौं– नेपाली कांग्रेसले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ। 

प्रतिनिधि सभाको लोत्सेह हलमा बैठक बस्ने कांग्रेसले जनाएको छ। बैठकले सरकारले हालै सिफारिस गरेका र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका अध्यादेश पारित गराउनका लागि सांसदलाई निर्देशन दिनेछ। 

कांग्रेस उच्च स्रोतले भन्यो,‘अध्यादेशसहित विभिन्न विधेयक पारित गराउनका लागि ह्वीप नै जारी हुनेछ।’

सरकारले माघ १८ गते प्रतिनिधि सभाको बैठक डाकेको छ। उक्त बैठकको सुरुका दिनमा नै अध्यादेश र विधयेक पारितका लागि प्रस्ताव गरिनेछ। 

कांग्रेसपछि एमालेले पनि ह्वीप जारी गर्ने तयारी गरेको छ भने दुई तिहाई जुटाउनका लागि अन्य सत्तारढ दलले पनि समर्थन गर्ने दाबी गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति