Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस जारी

शुक्रबार, माघ ११, २०८१

रुपन्देही- सुप्रिम सहकारीको रकम ठगीको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरू भएको छ ।

लामिछानेविरुद्धको मुद्धामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा मुद्दामा थुनछेक बहस सुरु भएको हो ।

आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ । दुवै तर्फबाट बहस सकिए आजै थुनछेकको आदेश आउने सम्भावना छ । बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । पक्ष विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ ।

लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ । सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्