यु-१९ क्रिकेट टोलीको छनोट, भैरहवामा 'क्यान युथ कप' हुने
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अप्रिल २०२५ मा नेपालमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसि) को यु-१९ पुरुष क्रिकेट प्रतियोगिताका लागि राष्ट्रिय टोलीको तयारी थालनी गरेको छ।
क्यानले पहिलो चरणमा छनोट भएका ३६ खेलाडीहरुको नामावली सार्वजनिक गरेको छ।
छनोट भएका खेलाडीलाई तीन समूहमा विभाजन गरी माघ १५ गतेदेखि २२ गतेसम्म भैरहवास्थित एक्स्ट्राटेक क्रिकेट मैदानमा 'क्यान युथ कप' आयोजना गरिनेछ । प्रतियोगिता डबल राउन्ड रोबिन लिग फार्म्याटमा खेलाइन लागिएको हो।
छनोट भएका खेलाडीको नामावली: छनोटमा परेका खेलाडीहरुमा अभिषेक तिवारी, दिनसाद अली, सोहेल कुँवर, नसेम अली, सूर्यांश कोइराला, रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अर्पणजित पौडेल, सिम्रित श्रेष्ठ, राजन बोहरा, नीरज मगर यादव, अपूर्वजित राउत, सौजन्य प्रसाद चौधरी, दीपक सेरमा, युवराज बिष्ट, आशीष लुहार, सियाश शाही, प्रवल कँडेल, गगन मल्ल, प्रदिप साहु, प्रतीक थापा, साहिल शाह, विशाल राई, रोशन शाह, सुदिन अर्याल, रोशन सोनार, अमित मगर, मनोज ढकाल, निखिल शाह, नितिन मल्ल, आसिक राम मगर, र तिनेश कुमार रहेका छन्। क्यानले युवा क्रिकेट खेलाडीको प्रदर्शनको आधारमा अन्तिम टोली चयन गर्ने जनाएको छ। यो प्रतियोगिताले आगामी यु-१९ विश्वकपका लागि नेपाली टोलीको तयारीको उल्लेखनिय प्रभाव पार्ने अनुमान गरिएको छ ।