Nic Ad Nic Ad
Nic Ad Nic Ad

रैथाने शैलीमा अख्तियारलाई हर्क साम्पाङको जवाफ– उजुरी हाल्ने त्यो फटाहा को हो? लेखी पठाउनुहोला

शुक्रबार, माघ ११, २०८१

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानीका सन्दर्भमा अख्तियारमा परेको उजुरीको जवाफ फर्काएका छन्। 

रैथाने भाषा र शैलीमा उत्तर लेखेका उनले भनेका छन्,‘त्यो उजुरी हाल्ने फटाहा को हो? लेखी पठाउनुहोला।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २ गते पत्राचार गरी जवाफ माग गरेको थियो। 

अख्तियारको इटहरी कार्यालयलाई पत्राचार गरेका साम्पाङले ‘बिहान उठ्ने बित्तिकै टोइलेट जानु पर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला’ भनी पत्रमा उल्लेख गरेका छन्। 

उनी अगाडि लेख्छन्,‘केही छिन पछि भात पकाउनु परो। भात पकाउन पानी चाहिन्छ। भात खाए पछि हातमुख चुठ्नु परो त्यसको लागि नि पानी चाहिन्छ। जुठोभाँडा लडाइराख्न मिलेन धुनै परो त्यसको लागि नि पानी नै चाहिन्छ।’

मेयर साम्पाङले धरान खानेपानी बोर्डलाई समेत बोधार्थ पठाएको पत्रमा भनिएको छ,‘फोहोर लुगा लगाएर भएन धुनै परो। लुगा धुन नि पनि नभैनहुने।

स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने डब्ल्युएचओले। नुहाउनलाई नि पानी चाहियो।’

यस्तो छ पत्रमा उल्लेख पूरा विवरण
harka_latter_akhtiyar_mQTzwT6qbR-1737709888.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्