कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा मलेसियामाथि नेपालको सान्तवना जित
काठमाडौं - आइसीसी यू–१९ महिला विश्वकप २०२५ अन्तर्गत प्लेअफको खेलमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शन नेपालले मलेसियामाथि सान्तवना जित निकालेको छ । शुक्रबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ४७ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ओनपरद्वय सना प्रवीन १ रन र सावित्री धामी ३ रनमा आउट भएका थिए। कप्तान पूजाले भने नटआउट २३ रन जोडिन् । उनले ३२ बलमा ४ चौका प्रहार गरिन् । ज्योत्स्निका मरासिनी ७ रनमा आउट हुँदा सीमाना केसीले नटआउट ४ रन बनाइन् ।
मलेसियाको जोहरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६.५ ओभरमा ४५ रनमै अलआउट भयो । मलेसियाका लागि नुरीमनले सबैभन्दा बढी १५ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा नेपालकी कप्तान पूजा महतोले ४ विकेट लिइन् । उनले ३.५ ओभरमा ९ रन मात्र दिइन् । रचना चौधरीले ३ विकेट लिने क्रममा ३ ओभरमा १ मेडन फ्याँकिन भने ५ रन मात्र दिइन् ।
रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिए । नेपाल समूह ‘डी’ मा तीनै खेलमा पराजित भएपछि सुपर–६ मा पुग्न असफल भएको हो । नेपालले समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार ब्यहोरेपछि १३ देखि १६औं स्थानको प्लेअफका लागि प्रतिस्पर्धा गरेको हो ।