Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी हुन् भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीहरू

शुक्रबार, माघ ११, २०८१

काठमाडौं– परराष्ट्र मन्त्रालयले भारतको रेल दुर्घटनामा मृत्यु हुने ७ जना नेपालीको सनाखत भएको जनाएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो। 

कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राधको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

यस्तै दुर्घटनामा थप ४ जना नेपाली घाइते समेत भएका छन्। घाइतेमध्ये ४ जनाको स्थानीय अस्पताल र १ जनाको गम्भीर अवस्थामा जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। 

माघ ९ गते साँझ महाराष्ट्र राज्यको जलगाउँ जिल्लास्थित भरधाडे स्टेसननजिकै रेल दुर्घटना भएको थियो। उक्त दुर्घटनामा नेपालीबाहेक अन्य ५ जनाको पनि मृत्यु भएको थियो।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि मन्त्रालयले दिल्लीस्थित दूतावास तथा काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवम् सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख छ। 
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्