Nic Ad Nic Ad
Nic Ad Nic Ad

घुस लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

शुक्रबार, माघ ११, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध मुद्दा दायर गरेको छ । 

चितवनको भरतपुर महानगरपालिका वडा नं.२६ बस्ने नन्दलाल पौडेलविरुद्ध मुद्दा दायर गरिएको हो । 

सरकार प्रतिवादी अमृता कोइरालासमेत प्रतिवादी भएको मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएका पौडेलले प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको दाबी छ ।  

अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई सरकारी साक्षीको रूपमा पेश गरिएकोमा पौडेलले विशेष अदालत, काठमाडौँ समक्ष बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्