Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

शुक्रबार, माघ ११, २०८१

काठमाडौँ - सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले हिजो (बिहीबार) झांक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । 

काठमाडौँको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश-०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो 

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्