Nic Ad Nic Ad
Nic Ad Nic Ad
सम्बन्ध

एक बर्ष पनि पतिसँग सम्बन्ध टिकाउन नसकेका दुई सेलिब्रिटी

शनिबार, माघ १२, २०८१

काठमाडौं– सेलिब्रिटीको भूमिका पर्दामा अनेक प्रकारका हुने गरेका छन्। उनीहरूको पर्दाको जीवन देखेर भावुक हुने दर्शकका निम्ति वास्तविक जीवनका विषयले कति संवेदना दिन्छ त्यसको मापनचाहिँ भैसकेको छैन। 

नेपाली मोडलिङ क्षेत्र, म्युजिक भिडिओ, फिल्म अभिनय र टेलिभिज होस्टिङमा सफलता पाएकी रिमा विश्वकर्माको वैवाहिक सम्बन्ध एक बर्ष पनि टिक्न सकेन।

रीमाले पति रोवर्ट विश्वकर्मासँगको सम्बन्ध ०७६ मा तोडेकी हुन्।  पति रोर्बटसँग करिब १ बर्ष अघिदेखि सुरु भएको आन्तरिक मनमुटाबका कारण दुबैले सम्बन्धमा पूर्णबिराम लगाएका थिए।

उनले १५ सेप्टेम्बर२०१५ मा आफ्नो रोजाईमा बेलायतमा बस्दै आएका रोबर्ट बिश्वकर्मासँग बिबाह गरेकी थिइन्। 

रीमा र रोर्बटले बिबाहको हनिमुन खर्च कालकारहरुको संस्थालाई आर्थिक सहयोग गर्दै बैबाहीक सुरुवात गरेका थिए।

उनको डिभोर्सको प्रमुख कारण अहिलेसम्म खुलेको छैन। तर, रिमा फेरि आफ्नो कर्ममा भने सक्रिय रहेकी छन्। 

यस्तै एक बर्ष पनि वैवाहिक जीवनलाई तन्दुरुस्त राख्न नसक्ने अर्की अभिनेत्री हुन् बर्षा शिवाकोटी।

अभिनेत्री वर्षा शिवाकोटीका लागी व्यक्तिगत रुपमा २०७९ सम्झनलायक रहेन। व्यक्तिगत जीवनमा उनले अनेक उतारचढाव भोगिन्। बैशाख महिनामा विवाह गरेकी वर्षाको वैवाहिक सम्बन्ध १ बर्ष पनि टिक्न सकेन। 

आशिष गेलालसंग उनले विवाह र डिभोर्स त्यसै बर्ष गरिन्।

करिअरको हिसाबले पनि बर्ष २०७९ मा उनी सफल हुन सकिनन्। तर पछिल्लो पटक भने उनी अभिनित फिल्म ‘छक्का पञ्जा ५’ सफल भयो। व्यक्तिगत जीवनको वैवाहिक सम्बन्ध असफल भए पनि फिल्ममा फर्किएकी बर्षा अहिले व्यस्त छिन्। 

नेपालमा डिभोर्ससम्बन्धी नयाँ कानुनी प्रावधानले वैवाहिक जीवनमा देखिएका समस्या समाधान गर्न कानुनी प्रक्रिया थप सरल बनाउने विश्वास गरिएको छ। नयाँ कानुनअनुसार, दुवै पक्षको सहमति भएमा डिभोर्स प्रक्रियालाई छिटो सम्पन्न गर्न सकिनेछ।

पहिलेको कानुनी व्यवस्थामा महिला वा पुरुषले अलग बस्न चाहँदा लामो प्रक्रियाबाट गुज्रिनुपर्ने हुन्थ्यो। तर, हालको परिवर्तनले यस्तो जटिलता घटाउँदै कानुनी सहायताका लागि समय बचत हुने अपेक्षा गरिएको छ।

डिभोर्सका मुख्य कारणहरूमा घरेलु हिंसा, आर्थिक असन्तुलन, वैचारिक असमझदारी, तथा बाह्य सम्बन्धलाई मुख्य मानिएको छ। 
नेपालका शहरी क्षेत्रमा डिभोर्स दर बढिरहेको तथ्यांकले देखाएको छ। 

परम्परागत रूपमा डिभोर्सलाई सामाजिक रूपमा अस्वीकार्य मानिँदै आए पनि आधुनिक सोच र व्यक्तिगत स्वतन्त्रताको महत्वले गर्दा पछिल्लो समयमा यसमा केही सहजता आएको छ।

नयाँ कानुनले बालबालिकाको हकहितलाई प्राथमिकतामा राख्दै, अभिभावकत्वको जिम्मेवारी तथा सम्पत्ति बाँडफाँडलाई स्पष्ट रूपमा परिभाषित गरेको छ। सम्बन्ध विच्छेदपछि पनि दुवै पक्षबीच सम्मानजनक सम्बन्ध कायम गर्न यो कानुनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सामाजिक विशेषज्ञहरूले भने यो प्रावधानको सकारात्मक पक्षसँगै चुनौती पनि रहेको बताएका छन्। परिवारभित्रका समस्याहरूलाई सहकार्य र संवादबाट समाधान खोज्न जोड दिइएको छ। नयाँ कानुन लागू भएपछि डिभोर्ससम्बन्धी उजुरीहरूको संख्यामा कस्तो परिवर्तन आउँछ भन्ने हेर्न बाँकी छ।

नेपालमा डिभोर्स गर्नेको संख्या अधिक रुपमा बृद्धि भएको छ। तर, चर्चित र सेलिब्रिटीका सम्बन्धबारेचाहिँ सतहमा नै चर्चा हुन्छन्।
 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्