Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्यान मार्ने उद्योगमा फरार दुईजना पक्राउ

शनिबार, माघ १२, २०८१

काठमाडौँ- ज्यान मार्ने उद्योग कसुरका दुईजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-४ घर भएका हाल काठमाडौँ नागार्जुन नगरपालिका-१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छन् ।

काठमाडौँ महानगरपालिका-३ लाजिम्पाटस्थित ईनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते एक जना व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाई उनीहरू फरार भएका थिए ।

फरार भएपछि अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कञ्चनपुर भीमदत्त नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई हल पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ । 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्