Nic Ad Nic Ad
Nic Ad Nic Ad

अछाममा बाख्रा चराउन गएका बेपत्ता दुई किशोरीको शव भेटियो

आइतबार, माघ १३, २०८१

काठमाडौं– अछाममा बाख्रा चराउन गएका दुई किशोरीको शव जंगलमा फेला परेको छ। शुक्रबारदेखि बेपत्ता उनीहरुको खोजीका क्रममा केही दूरीमा दुई शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको हो।

ढकारी गाउँपालिका– ८ का दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव ढकारी गाउँपालिका–१ मा रहेको छिन्ने जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। 

कुकुरको सहायतामा अनुसन्धान सुरु भइसकेको छ। 

बाख्रा हेर्न जङ्गल गएका दुई किशोरी घर नफर्किएपछि उनीहरूको खोजी सुरु भएको थियो। 

अलग–अलग स्थानमा किशोरीको शव फेला परेका कारण प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अछामका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्