Nic Ad Nic Ad
Nic Ad Nic Ad

अदालतले बाल यौन दुराचारी ठहर गरेका मदन राईले कस्ता हर्कत गर्दथे?

आइतबार, माघ १३, २०८१

काठमाडौं– कृषि विज्ञ मानिने मदन राई बाल यौन दुराचारी ठहर गर्दै अदालतले नयाँ नजीर तय गरेको छ। जिल्ला अदालत खोटाङले यस्तो ठहर गरेको हो। आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको हो। सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ।

राईको यौन दुराचारका विषयमा यसअघि सेतोपाटी डटकमले समाचार प्रकाशित गरेको थियो। डेढ बर्षअघि उसले ६ जना पीडितको बयानसहित समाचार प्रकाशित भएपछि यो विषयले चर्चा पायो। 

कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुव्र्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका थिए। 

फाउन्डेसनका संस्थापक समेत रहेका ७६ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।

शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुव्र्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।

मदनले त्यहाँ अध्ययन गर्ने किशोरीहरूको संवेदनशिल अंगमा चलाउने, छुने र सेक्स सिकाउँछु भन्ने प्रकारका हर्कत गरेको आरोप लागेको थियो। 
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्