पहिला नग्न तस्बिर र भिडिओ अनि विक्षिप्तताले आत्महत्या गरेका दुई नेपाली अभिनेत्रीहरू
काठमाडौं– नेपाली सिने क्षेत्रदेखि कलाकारितामा लागेका विभिन्न व्यक्तिले अनेक कारणले आत्महत्या गरेका छन्।
कतिपयको आत्महत्याको कारण खुल्न सकेको छैन। पछिल्लो पटक कलाकार सारुक ताम्राकार, अभिनेत्री जेनी कुवँर, अभिनेत्री गीताञ्जली सुनुवार, नवीना केसी, गायक यमबुद्ध अर्थात् अनिल अधिकारी, निर्देशक आलोक नेम्वाङ, गायक कुल पोखरेल, गायिका योगिता मोक्तानलगायतले आत्महत्या गरे।
तर केही यस्ता अभिनेत्री छन् जसका नग्न तस्बिर र भिडिओ सार्वजनिक भएपछिका विक्षिप्तताका कारण आत्महत्या गरेका थिए।
अभिनेत्री श्रीषा कार्कीले २०५९ सालमा आत्महत्या गरेकी थिइन्। उनको आत्महत्याको कारण एक साप्ताहिक पत्रिकामा छापिएको नग्न तस्बिर बनेको थियो। श्रीषाले भैँसेपाटीस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
२४ वर्षमा आत्महत्या रोजेकी उनले ‘सुख दुःख’, ‘वाचा बन्धन’, ‘सोल्टिनी’, ‘अंशवण्डा’, ‘आवारा’ लगायतका करिब दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छन्। उनको आत्महत्यापछि कलाकारहरूको ठूलै आन्दोलनसमेत भएको थियो।
उनले नग्न तस्बिर सार्वजनिक भएपछि विक्षिप्तताका कारण आत्महत्या गरेकी थिइन्। नेपाली पत्रकारिता क्षेत्रमा यो घटना एउटा विस्मृति रहेको पत्रकार किशोर श्रेष्ठले कतिपय अन्तरवार्तामा भनेका छन्।
यसैगरी नेपाली फिल्म क्षेत्रमा स्थापित हुन संघर्षरत जेसिका खड्का उनकै कोठामा मृत फेला परेकी थिइन्। उनले आत्महत्या गरेकी थिइन्।
फिल्मको रंगीन दुनियाँमा रम्न सुनसरी, इटहरीबाट काठमाडौं आएकी यी युवतीले संसार छाडेको खबरले सबैलाई झस्काएको थियो।
प्रहरीले उनलाई न्युरोड, झोंछेस्थित डेरामा गलामा पासो लगाएर झुन्डिरहेको अवस्थामा फेला पारेको थियो। २३ वर्षीया खड्का भाइ युनिकसँगै एउटै घरमा बस्दै आएकी थिइन्।
गायक प्रकाश ओझाको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ को म्युजिक भिडियोबाट मोडलिङ करिअर थालेकी उनी ओझासँगकै सेक्स टेपकाण्डमा फसेकी थिइन्।
तीन वर्षको छँदा आमा गुमाएकी जेसिका बुबाले सौतेनी आमा ल्याएपछि माइला काकाकाकीको रेखदेखमा थिइन्। १६ वर्षकी हुँदा टेप प्रकरणको सिकार बनेकी उनलाई त्यसबेला काकाकाकीले नै बलियो साथ दिएका थिए।
त्यसलगत्तै आत्महत्याबाहेक विकल्प नदेखेको भए पनि परिवारबाट मिलेको ढाडसले जिउने साहस बढेको अभिव्यक्ति उनले दिँदै आएकी थिइन्।
एकपटक भनेकी थिइन्, ‘मेरो फिल्म खेल्ने चाहनालाई नै कसैले प्रयोग गर्दै बदनामी गरेको थियो, अब यसै क्षेत्रमा राम्रो काम गरेर इज्जत कमाउन चाहन्छु।’
भाइलाई मादक पदार्थ ल्याउन लगाई खाएर सुतेकी जेसिका बिहान झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
बिहान भाइले कोठा ढक्ढक्याउँदा नउठेपछि उनले जेसिकाका साथी बालदीप राईलाई फोन गरेर बोलाएका थिए। प्रहरीले बालदीप जेसिकाको प्रेमी भएको बताएको थियो।
प्रहरी बयानमा, दुईले निक्कैबेर ढक्ढक्याउँदा पनि ढोका नखुलेपछि पछाडिको झ्यालबाट कोठामा हेर्दा सलमा पासो लगाएर झुन्डिएको देखेको बताएका थिए।
यौन दुव्र्यवहारको सिकार भएकी खड्कालाई पछि निर्माता सरोज शर्माले फिल्म ’अचानक’ बाट मौका दिएका थिए।
खास नाम ज्योति भएकी उनले त्यसपछि नै जेसिकाको नयाँ परिचयसाथ फिल्म क्षेत्रमा आएकी थिइन्।
उनको पहिलो रिलिज फिल्म भने ‘जंगल क्विन’ थियो। ‘मेरो माया तिमीलाई’ प्रदर्शनमा आएको थियो भने ’जंगल लभ’, ‘लक्की सेभेन’ लगायत प्रदर्शन क्रममा थिए।
पहिलेको घटनापछि भीडमा बस्न नरुचाउने र एकान्त स्वभावकी जेसिकालाई चिन्नेहरू सरल र सोझी मान्थे।
नेपाली रंगिन दुनियाँमा उक्लिनका लागि विभिन्न उपयोगको शिकार हुने यस्ता अभिनेत्रीले उमेरमा नै मृत्युलाई रोज्नुको पछाडिको कारण पनि विक्षिप्तता नै हुने गरेको मनोविदहरु बताउँछन्।