एक करोड धरौटी रकम बुझाएपछि रिहा भए रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले अदालतले मागेको एक करोड धरौटी बुझाएका छन् ।
आइतबार जिल्ला अदालत रुपन्देहीका न्यायाशीधश प्रल्हाद कुमार योगीको इजलासले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैंक ज्ञारेन्टीमार्फत एक करोड धरौटी रकम बुझाएका हुन् ।
यसअघि लामिछानेलाई जिल्ला अदालत कास्कीले पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ २०:४७
प्रतिक्रिया दिनुहोस्