Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेचन झाको मुद्धामा सर्वोच्चको ‘अन्य’ आदेश

आइतबार, माघ १३, २०८१

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्धामा ‘अन्य’ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले आइतबार ‘अन्य’ आदेश जारी गरेको हो ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात मगाउने आदेश गरेको हो ।  झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहसम्म कनेक्सन मिलाएको आरोप छ ।

 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्