Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार समर्थक दलहरुको बैठक बस्दै

सोमबार, माघ १४, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सरकार समर्थक दलको बैठक आज (सोमबार) बस्दैछ ।

अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी सत्तारुढ दलको बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।

प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन् । यही कुरा बुझेका ओलीले साना दललाई पनि विश्वासमा लिन बैठक राखेका स्रोतको दाबी छ ।

आजै दिउँसो १ बजे उनी भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्