Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्रीको स्वकीय सचिव भन्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भनी ठगी गर्ने पक्राउ

सोमबार, माघ १४, २०८१

काठमाडौं– भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै रकम ठगी गर्ने दम्पत्तीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइएको छ।

परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ भन्दै त्यसरी रकम ठगी गर्नेलाई प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो।

उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाइएको हो।

दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर एक महिना अघिबाटै अनुसन्धान गरेको थियो। 

प्रहरीका अनुसार अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा १४ माघ २०८० मै प्रहरी कहाँ जाहेरी परेको थियो। त्यसबेलै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएपनि आरोपीहरु पक्राउ परेका थिएनन्। २६ भदौ २०८१ मा फेरि नयाँ अनुसन्धान अधिकृत तोकेर खोजतलास गरिएको भेटिएको छ।

प्रहरीमा परेको जाहेरी अनुसार, शिवाकोटी दम्पत्तीले ११ वैशाख २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर ७ लाख रुपैयाँ नगद बुझेका थिए। त्यसको केही समयपछि ५ लाख बुझाएपछि एक हप्ताभित्र काम हुने भनेको जाहेरीमा उल्लेख छ।

पछि शिवाकोटीको इसेवा र उनकी श्रीमतीको खातामा थप नगद समेत पठाएको उल्लेख छ । सबै गरेर जम्मा १५ लाख ७६ हजार रुपैयाँ पठाएपछि शिवाकोटीले अमेरिका जान ४५ लाख रुपैयाँ खर्च हुन्छ भनेको जाहेरीमा उल्लेख छ।

जाहेरीमा उल्लेख भएअनुसार, शिवाकोटीले आलटाल गर्न थालेपछि ठगिएको महसुस भएर रकम फिर्ता माग्दा विभिन्न किसिमका धम्की समेत दिइएको थियो। 
प्रहरीले यो मामलामा अनुसन्धान गरेर १५ लाख ७६ हजार रुपेयाँ बराबरको क्षतिपूर्ति समेत दिलाउन मागदाबी गर्दै रायसहितको प्रतिवेदन बुझाएको थियो।
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार