Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पलाई झड्काः कोलम्बियाले आप्रवासी बोकेको अमेरिकी जहाज अवतरण गर्न दिएन, के तनाव सुरु भयो?

गुस्ताभोले भने- कोलम्बियाको स्वतन्त्रता मन परेको छैन भने ठीक छ हामी पनि गोरा दासहरूसँग हात मिलाउने छैनौं
सोमबार, माघ १४, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई झड्का लाग्नेगरी आप्रवासी बोकेको जहाजलाई कोलम्बियामा अवतरणमा रोक लगाइएको छ।

योसँगै अमेरिका र कोलम्बियाबीच तनाव सुरु भएको छ। यसको प्रतिक्रियामा ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

अमेरिकामा अवैध रूपमा रहेका कोलम्बियाका आप्रवासीहरूलाई फिर्ता लिन त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अस्वीकार गरेका थिए। 

ट्रम्पले एक सातभित्र करको दर अझै बढाएर ५० प्रतिशत बनाइने पनि बताएका छन्।

अमेरिकामा अवैध रूपमा बसिरहेका कोलम्बियन आप्रवासीहरूलाई लिएर गएको सैन्य विमानलाई कोलम्बियामा अवतरण गर्न रोक लगाएपछि ट्रम्पले त्यसको जबाफमा कोलम्बियाबाट आयात हुने वस्तु तथा सामग्रीमा ५० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका थिए।

जबाफमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउन त्यहाँको वाणिज्य मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।

रोयटर्सका अनुसार गुस्ताभोले सामाजिक सञ्जाल एक्समार्फत त्यसको जानकारी ट्रम्पलाई दिँदै अमेरिकी वस्तुहरूको आयातमा पनि ५० प्रतिशत लगाउने चेतावनी दिए। 

जबाफमा ट्रम्पले कोलम्बियाविरुद्ध बैंकिङ र वित्तीय प्रतिबन्धहरू लगाउने तथा कोलम्बियाका सरकारी अधिकारीको भिसा रद्द गर्ने र आफ्ना नागरिकहरूलाई कोलम्बियामा यात्रा प्रतिबन्ध लागू गर्ने भनेका छन्। 

गुस्ताभोले भनेका छन्,‘तपाईलाई कोलम्बियाको स्वतन्त्रता मन परेको छैन भने ठीक छ हामी पनि गोरा दासहरूसँग हात मिलाउने छैनौं।’ राष्ट्रपति ट्रम्पले शपथ ग्रहणलगत्तै अमेरिकामा रहेका अवैध आप्रवासीहरूलाई उनीहरु जहाँबाट आएका हुन् त्यहाँ फिर्ता गर्ने काम तीव्र गतिमा हुने भनेका थिए।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्