स्रोत नखुलेको झन्डै ४० लाखसहित इन्द्रचोकबाट एक जना प्रहरी नियन्त्रणमा
काठमाडौं– काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको झन्डै ४० लाख रुपैंया नगदसहित प्रहरीले आइतबार एक जनालाई नियन्त्रणमा लिएको छ।
स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद सहित फेला पारी पक्राउ गरेको थियो। रकमबारे आवश्यक अनुसन्धान जारी रहेको बताइएको छ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ १२:१५
प्रतिक्रिया दिनुहोस्