पोखरामा छ कानुनी तमासाः जिल्ला अदालतका आदेशविरुद्ध रवि लामिछाने पनि पुगे उच्च अदालत
काठमाडौं– भैरहवाबाट रातारात पोखरा पुगेका रास्वपा सभापति रवि लामिछाने उच्च अदालत पोखरामा जिल्ला अदालत कास्कीले तोकेको धरौटी बदरको माग गर्दै रिट दिन पुगेका छन्।
उनले सोमबार धरौटी बदरको माग गरेको रिट दर्ता गरेका छन्।
पोखराको सूर्यदर्शन सहकारीमा कास्की जिल्ला अदालतलका न्यायाधीश नीजित राईको इजलासले ६५ लाख धरौटी तोकेको थियो।
उच्च अदालत पोखराका उप–रजिस्ट्रार एवं सूचना अधिकारी निल प्रसाद पनेरुका अनुसार अहिले लामिछानेको निवेदन दर्ता हुने प्रक्रियामा छ।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम ६५ लाख धरौटी माग गरेको थियो।
उक्त आदेश चित्त नबुझेको भन्दै बदर गर्दै दफा ६९ बमोजिम साधारण तारेखमा मुद्दा पुर्पक्ष गराउन माग गर्दै रविले उच्च अदालत पोखरामा दफा ७३ बमोजिम निवेदन दर्ता गराएका हुन्।
यस अघि सरकारी वकिलको कार्यालयले पूर्पक्षका लागि थुनामा पठाउनुपर्नेमा धरौटीमा रिहा गरेको भनी उच्च अदालत पोखरामा निवेदन दिएको थियो।
उच्च अदालतले जिल्ला अदालतको आदेश र त्यहाँ रहेका कागजान उपलब्ध गराउन भनेको थियो।