काँग्रेस सांसदहरुले भने-कुनै छलफल नगरी अध्यादेश ल्याइयो, हाम्रो सहमति छैन
काठमाडौँ - नेपाली काँग्रेसका सांसदहरुले सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । संसदीय दलको बैठकमा पार्टीका केही सांसदहरुले अध्यादेश समन्वयविना ल्याएको भन्दै कुरा उठाएको सांसद रामहरि खतिवडाले बताए ।
उनले भने, ‘केही साथीहरूले अध्यादेशको बारेमा हाम्रो सहमति छैन । यो ल्याउनुअघि किन छलफल गरिएन रु हामीसँग छलफल नै नगरी एकैचोटी आएपछि मात्रै थाहा हुन्छ । यो कुरा ठिक भएन भन्ने कुरा राख्नुभएको छ ।’
सांसदहरुले उठाएको प्रश्न मन्त्रीहरूले १८ गतेको बैठकमा जवाफ दिने सांसद खतिवडाले बताए ।
उनले थपे, ‘मन्त्रीहरूको कार्यदक्षता र क्षमता जनताको काममा लगाउनुस् । पार्टीले तपाईंहरुलाई पठाएको हो । मन्त्री पनि हुने काम नगर्ने पद्धति भयो भने पार्टी निराशामा जान्छ । दुई ठूला दल मिलेर बनेको सरकारले पनि अपेक्षित काम गर्न नसकेको भनेर निराशा पैदा हुन्छ । त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने कुरा गर्नुपर्छ ।’
सभापति देउवाले पनि मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको उनले बताए ।
सांसद खतिवडाले सरकार सात बुँदे सहमतिअनुसार चल्नुपर्नेमा जोड दिँदै गल्ती भएका कुरा खुलेर राख्न सभापतिले पनि भनेको बताए ।