काठमाडौँ महानगरले सडक पेटीमा फोहोर गर्ने वर्कसपलाई तिरायो १० हजार जरिवाना
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडक पेटी फोहोर गर्ने एक मोटरसाइकल वर्कसपलाई एक हजार रुपैयाँ जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका-१ स्थित न्यू स्टार मोटरसाइकल वर्कसपलाई जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ ।
वर्कसपले सडक पेटीमा फोहोर मैला गरेको, पैदल यात्रुलाई हिँड्न असहज बनाएको पाइएपछि जरिबाना गरिएको महानगर प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ १८:३८
प्रतिक्रिया दिनुहोस्