२ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा २ जना पक्राउ
काठमाडौं - दुई करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–९ घर भएका ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले अनलाइन जुवा खेलाएको आरोप छ ।
पक्राउ परेकाहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ १९:४१
प्रतिक्रिया दिनुहोस्