Nic Ad Nic Ad
Nic Ad Nic Ad

५० लाखभन्दा बढीको भन्सार छल्न लागेको सामान बरामद

सोमबार, माघ १४, २०८१

काठमाडौँ- पर्सा सशस्त्र प्रहरीले भण्डार गरी राखेको अवस्थामा वीरगञ्जबाट ५० लाखभन्दा बढीको सामान बरामद गरेको छ ।

सीमा सुरक्षा गुल्म वीरगंंज र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्श नगर क्षेत्रमा लुकाइछिपाई गोदाममा राखिएका कपडा र हार्डवेयरका सामानहरू बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

उनका अनुसार सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो।बरामद गरेको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाइएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंंजले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्