Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदका दुइ समितिको बैठक बस्दै

मंगलबार, माघ १५, २०८१

काठमाडौं- संघीय संसदका दुइ वटा समितिको बैठक बस्दैँछ । 

संसद सचिवालयका अनुसार ति दुवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । 

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिले मधेस, सुदुरपश्चिम, लुम्बिन प्रदेशका हिरासतमा रहेका कैदीबन्दीका बारेमा स्थलगत अध्ययनका बारेमा छलफल गर्नेछ । जुन बैठक बिहान ८ः०० बजे देखी सुरू हुनेछ ।

उता, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिनेछ । जुन बैठक दिउँसो ३ः३० बजेबाट सुरू हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्