बसको सिटमै मृत भेटिए यात्रु
जनकपुरधाम- काठमाडौँबाट धनुषाको जटही जान लागेको बसमा एक जना यात्रु मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट धनुषाको जटही चल्ने मधेश प्र.००४९००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा बसको सिटमै मृत फेला परेका हुन् ।
अहिले बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिंहले बताए ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १३:१६
प्रतिक्रिया दिनुहोस्