गृहमन्त्री लेखकसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट
काठमाडौँ- गृहमन्त्री रमेश लेखकसँग उनको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय, कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माणलगायत विषयमा पनि छलफल गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १५:००
प्रतिक्रिया दिनुहोस्