Nic Ad Nic Ad
Nic Ad Nic Ad

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने सडकमा गाउँपालिकाले तोक्यो सेवा शुल्क

मंगलबार, माघ १५, २०८१

काठमाडौँ- सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ ।

४० सिटे गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क स्थानीय तहमा बुझाउनुपर्ने भएको छ ।

उता, सडक मर्मत सम्भार शुल्क (ढुवानी साधन) का हकमा प्रतिक्विन्टल प्रतिपटक १० रुपैयाँ सेवा शुल्क राखिएको छ । गाउँपालिकाले वडा नम्बर १ खरिखोलास्थित नगर प्रहरी पोस्टमा यो शुल्क बुझाउन समेत भनेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार