काठमाडौँ अदालतले किन रोक्यो फिल्म "एक्टर टेक वन"को बुधबारको रिलिज ? आदेश पत्रसहित
काठमाडौं– प्रतिलिपि अधिकारको मुद्दामा काठमाडौं जिल्ला अदालतले नेपाल डायस्पोरा इन्टरटेन्मेन्ट प्रा. लि. को पक्षमा अन्तरकालीन आदेश जारी गरेको छ।
वादी नेपाल डायस्पोरा इन्टरटेन्मेन्ट प्रा. लि. ले चलचित्र विकास बोर्ड र दुई फिल्म निर्माता कम्पनीहरूलाई प्रतिवादी बनाउँदै "Actor" नामक चलचित्रको प्रदर्शन अवरोध गर्ने प्रयासविरुद्ध अदालतमा फिराद दायर गरेको थियो।
अदालतमा सुनुवाइका क्रममा वादी पक्षका अधिवक्ताहरूले प्रतिवादी कम्पनीहरूले निर्माण गरेको चलचित्र वादीको प्रतिलिपि अधिकारको उल्लंघन गर्दै प्रदर्शन गर्ने तयारी गरिरहेको तर्क गरेका थिए। प्रतिवादी तर्फबाट चलचित्र विकास बोर्डका कानूनी प्रतिनिधिले आफ्नो तर्क प्रस्तुत गरेका थिए।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १७:०९
प्रतिक्रिया दिनुहोस्