सुनको मुल्य तोलामा एक हजार चार सय रुपैयाले बढ्यो
काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ ११:३९
प्रतिक्रिया दिनुहोस्