नेभिगेशन
विश्व

ट्रम्प प्रशासनद्वारा अमेरिकाबाट १ हजार ३६५ जना नेपाली निष्काशन गर्ने सूचीमा, अन्य कति छन्?

काठमाडौं– डोनल्ड ट्रम्पले अमेरिकी प्रशासन चलाउन सुरु गरेपछि एक हजार ३६५ जना नेपालीसहितलाई मुलुकबाट निष्काशन गर्ने सूची सार्वजनिक भएको छ।

नेपालीसहित विभिन्न मुलुकका गैरकानुनी आप्रवासी १४ लाख जनालाई घर फर्काउने सूची अमेरिकी अध्यागमन विभागले सार्वजनिक गरेको हो।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । 

विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक गरिएको हो।

ट्रम्पले अवैध रुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन्। 

ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन्।

होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन्।

चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्काशनमा पर्ने छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन