Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीलाई स्मरण गराउँदै प्रश्न– प्रचण्डको कार्यकर्ता ‘कांग्रेस’को वैशाखीमा किन प्रधानमन्त्री बनेको?

बुधबार, माघ १६, २०८१

काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन ०८४ को निर्वाचनसम्म नै चल्ने दाबी मात्र गरेका छैनन्, ठोकुवा समेत गरिरहेका छन्।

सत्ता परिवर्तन हुने चर्चा चल्नासाथ उनले भन्ने गरेका छन्,‘०८३ को असारसम्म मैले प्रधानमन्त्री चलाउँछु त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ, अरुले नआँके हुन्छ।’

ओलीका यस्ता भाषण धेरै नै छन्। ति बिरोधाभाष पनि बनेका छन्। के बोलिन्छ उनले न स्मरण गर्छन् न पत्तो पाउँछन्। 

केही उदाहरण पेश गर्दै ओलीलाई गतिलो प्रश्न फर्किनेवाला छ।

२०७८ चैत २८ गते उनले भनेका थिए, ‘माधवकुमार नेपाल बेसरम, गति छाडा, भिखमंगा जस्तो।’ 

२०७७ पुस १७ गते ओलीले भनेका थिए,‘उहाँहरू (माओवादी)को जंगली महत्वाकांक्षालाई मैले शान्त गर्न सकिनँ।’

२०७७ पुस १९ गते फेरि भने,‘तपाईंहरू (माधव नेपाल, प्रचण्ड) शहीद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो।’  

आफू प्रतिपक्षमा रहेका बेला २०७९ कात्तिक २८ गते भने,‘यो सरकार अलच्छिना हो।’ 

२०७७ पुस १८ गते उनले फेरि थपे,‘भेट्नु कुहिएर झरेका दुईटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने?’ 

ओलीका बिरोधाभाष भाषणबाजीको शिलशिलामा २०७८ भदौ २२ गते भने,‘उनी (माधव नेपाल) त अब कुहिएको फर्सीभन्दा खत्तम भइसके। एउटा कुपात्रले कुलको नास गर्छ। उनी एमालेका कुपात्र हुन्।’ 

यति मात्र होइन, अहिले सत्ता सहकार्य गरेको कांग्रेस पार्टीमाथि नै उनले गम्भिर आरोप लगाएका थिए। 

२०७९ भदौ १ गते त उनले नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता भएको बताएका थिए। 

ओलीले कांग्रेस पार्टी प्रचण्डको कार्यकर्ता भएको आरोप लगाएका थिए। ओलीले कांग्रेस लोकतन्त्र, नीति, विचार र सिद्धान्त सबै परित्याग गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिपछि हिँड्न थालेको आरोप लगाएका थिए। 

पूर्वमन्त्री तथा जसपाका उपाध्यक्ष हेमराल राईसहित करिब दुई दर्जन केन्द्रीय तहका नेताको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका थिए। 

‘कांग्रेसले पहिले प्रजातन्त्र भन्थ्यो आजकाल भन्न छाड्यो, प्रजातन्त्र सिद्धियो, गठबन्धन भन्न थाल्यो। नीति के हो? गठबन्धन, कार्यक्रम के हो? गठबन्धन, कहाँ पुग्ने हो भन्दा– गठबन्धन, के गर्ने–गठबन्धन कांग्रेस अब लोकतान्त्रिक पार्टी रहेन’ ओलीले भनेका थिए,‘कांग्रेस अब प्रचण्डको कार्यकर्ता हो। माओवादी भनेको कुनै पार्टी होइन, प्रचण्ड एन्ड कम्पनी हो। त्यसैको पछिपछि लुरुलुरु हिँडिरहेको छ।’

त्यसो भए एउटा अहम् प्रश्न ओलीतिर नै फर्किएको छ, अहिले। ओलीलाई प्रश्न छ– प्रचण्डको कार्यकर्ता कांग्रेससँग किन सत्ता सहकार्य गरेको? प्रचण्डको कार्यकर्ता ‘कांग्रेस’को वैशाखीमा किन प्रधानमन्त्री बनेको?
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्