Nic Ad Nic Ad
Nic Ad Nic Ad

रिलिज भएको १३ वर्षपछि फिल्म ‘हाइवे’ युट्युवमा

बुधबार, माघ १६, २०८१

काठमाडौं- हलमा रिलिज भएको १३ वर्षपछि दीपक रौनियार निर्देशित फिल्म ‘हाइवे’ युट्युवमा रिलिज भएको छ । बाँसुरी फिल्म्सको युट्युव च्यानलमा मंगलबार बेलुका फिल्मको प्रिमियर भएको हो ।

६२ औं बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । ‘लु है, बस त हिँड्यो, हाइवेमा गुड्न तयार हुनुहुन्छ ?’ फिल्म रिलिज गर्दै रौनियारले सामाजिक संजालमा लेखेका छन् ।

ए-लिस्टर फेस्टिभलमा प्रिमियर भएको यो पहिलो नेपाली फिल्म समेत हो । फिल्मको युट्युव संस्करणको सुरुवातमा ‘राजागंज’ अभिनेत्री ऋचा शर्मालाई फिचर्ड गरिएको छ । उनले १ चैतमा प्रदर्शन हुन लागेको फिल्मबारे बताएकी छन् ।

‘हाइवे’मा ऋचासहित सौगात मल्ल, दयाहाङ राई, आशा मगराती, सृष्टि घिमिरे, कार्म, राजन खतिवडा, रविन्द्र मिश्र, निर्मला राई, इलम दीक्षित, भूमिका श्रेष्ठको अभिनय छ । सशष्त्र द्वन्द्वपछिको पृष्ठभूमिमा काठमाडौंबाट पूर्वी नेपालमा निस्किएका विवाहको जन्तीलाई राजमार्गमा आइलाग्ने अवरोधको कथा यसमा छ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्