गायक महेश बुडाथोकीको ‘राम साँईली’ सार्वजनिकको संघारमा
काठमाडौँ । लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको यस गीतलाई छिट्टै दर्शकमाझ ल्याउने तयारी गरिएको छ ।
बुडाथोकीका ‘काफगेडी कुटुक्कै....’, ‘होस गर है सोल्टिनी.....’, ‘हलो अड्काउँदै.....’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच उनले हुर्रा भाकाको ‘राम साँईली’ सार्वजनिक गर्न लागेका हुन् । गीतमा उनलाई बबिना भट्टराईले साथ दिएकी छन् । शब्द, भाका संकलन स्वयं बुडाथोकीले गरेका हुन् भने संगीत एरेन्ज अशोक राईले गरेका छन् ।
यस गीतको भिडियोमार्फत गायक बुडाथोकीले ईश्वर दुलाललाई निर्देशकको रूपमा डेब्यु गराएका छन् । निर्देशनको अनुभव बारे बोल्दै दुलाल भन्छन्,
ूयसअघि दुई दर्जनभन्दा बढी म्युजिक भिडियो तथा नेपाली कथानक टेलिसिरियलहरूमा सहायक निर्देशन गरिसकेको छु । ‘राम साँईली’ निर्देशन गर्न पाउँदा उत्साहित छु । यो गीत मौलिक सांस्कृतिक भाकामा आधारित भएकाले दर्शकलाई मनपर्नेमा ढुक्क छु ।
पूर्वी नेपालको रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियो माघ १८ गते ‘म्युजिक नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिने निर्देशक दुलालले जानकारी दिए ।
भिडियोमा कलाकारहरू बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मंजु मगर, कुमारी मगर, तारा मगर आदिको अभिनय देख्न पाईने छ ।
म्युजिक भिडियोलाई सुमन तामाङले छायांकन, अशोक मण्डलले श्रृङ्गार,
हेमन्त तामाङले सम्पादनस, पूजा तामाङ नृत्य कोरियोग्राफी गरेकी छिन् ।