नेभिगेशन
राजनीति

अन्तिम राजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने

काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए । अन्तिम राजा शाह केही दिन अघिदेखि भैरहवामा छन् ।

गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिन शाह गोरखपुर जान लागेका हुन् ।

पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा अन्तिम राजा शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अन्तिम राजा शाहलाई भेट्न मुख्यमन्त्री आदित्यनाथ पनि आजै गोरखनाथ पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति