ताप्लेजुङमा केबलकार विवादः आन्दोलनकारीको माग पूरा गर्न रास्वपा संसदीय दलको माग
काठमाडौं– ताप्लेजुङको पाथीभरा मन्दीरसम्म पुग्न केबलकार निर्माणको बिरोधमा उत्रिएको स्थानीय समूह र प्रशासनबीच भएको झडपको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेको छ।
संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठले रास्वपा संसदीय दलले उक्त घटनाको भत्र्सना गरेको जनाएका छन्।
‘पाथीभरा मुकुङलुङ सांस्कृतिक रूपमा किराँतहरूको पवित्र उत्पत्ति स्थल, पहिचान, आस्थाको धरोहर हो र यो ठाउँले किराँत इतिहास र संस्कृतिलाई बचाएको’, श्रेष्ठ लेख्छन्,‘खबरदार २÷३ को सरकार! हिजो रास्वपा संसदीय दलको बैठकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने विषयमा स्थानीय जनता र प्रशासनबीच भएको झडपको सम्बन्धमा रास्वपा संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको र त्यस घटनामा भएको ज्यादतीको भत्र्सना गरेको छ।’
रास्वपाले भनेको छ,‘आइएलो १६९ अनुसार पनि आदिवासीहरूको जल, जमिन र जङ्गलको स्वामित्व र अधिकारलाई कुण्ठित नगर्न र आन्दोलनरत भूमि पुत्रहरूको मागलाई न्यायोचित सम्बोधन गर्न सरकारलाई आग्रह गर्दछौँ।’