व्यापारीकरणको बिरोध गर्दा जसलाई राज्यले गोली दाग्यो, के हो मुक्कुमलुङ ? संरक्षण आवश्यक छ
काठमाडौं– ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको विरोधका क्रममा प्रहरीको गोलीबाट घाइते भए। उनीहरूको काठमाडौंमा उपचार जारी छ। केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र सशस्त्र प्रहरी बलबीच झडप भएको थियो।
प्रहरीको गोली लागेर यामबहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा र मंगल लावती घाइते भएका थिए। घाइतेमध्ये तेह्रथुमका यामबहादुर, पाँचथर मिक्लाजुङ गाउँपालिका सगुन र धर्मेनलाई काठमाडौंमा ल्याइएको छ।
एकजना भने विराटनगरबाट उपचारपछि डिस्चार्ज भईसकेका छन्। आन्दोलनको क्रममा पक्राउ परेका लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू ताप्लेजुङ प्रहरीको हिरासतमा छन्।
गत मंगलबारदेखि पाथिभरामा केबलकार निर्माण सुरू गरिएको थियो। केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरू गरेको ‘नो केबलकार समूह’ आज आइतबारदेखि थप आन्दोलन गर्ने तयारी गरेको थियो। त्यसको लागि आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो।
आन्दोलनमा दमन गरेको भन्दै पहिचानवादीले मंगलबार मेची राजमार्ग बन्दको आव्हान गरेका थिए।
सशस्त्र प्रहरीले पाथीभरा ९मुक्कुमलुङ० संरक्षणका पक्षधरमाथि कुटपिट गरेको भन्दै बन्दको आव्हान गरिएको उनीहरूको भनाइ छ।
यस संरक्षण अभियानका अग्रज डकेन्द्रसिंह थेगिमले क्यानडानेपालसँग भने,‘यो सांस्कृतिक सभ्यताको थलोमा एउटा व्यक्तिको ब्यापारीकरण गरिनुहुन्न भन्ने विषयमा बिरोध भएको हो। हामी बन्न दिँदैनौं। राज्यको दमन स्वीकार्य छैन।’
मुक्कुमलुङ याक्थुङ समुदायको सांस्कृतिक धरोहर हो।
मुक्कुमलुङ, पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक पवित्र धार्मिक स्थल हो, जसलाई याक्थुङ ९लिम्बू० समुदायले आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन्।
परापूर्वकालदेखि नै यो स्थानलाई याक्थुङहरूले पवित्र स्थलको रूपमा पूजा गर्दै आएका छन्।
हाल यो स्थान पाथीभरा देवीको मन्दिरका रूपमा पनि परिचित छ, जसले हिन्दू धर्मावलम्बीहरूका लागि तीर्थस्थलको रूपमा महत्त्व राख्छ।
मुक्कुमलुङको उत्पत्तिबारे विभिन्न मुन्धुम ९लिम्बूहरूको मौखिक साहित्य० कथाहरू पाइन्छन्। याक्थुङहरूको विश्वास अनुसार, यो स्थानमा आदिम पुर्खाहरूले प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवन बिताउँदै, मुन्धुम सभ्यता र संस्कृतिको जग बसालेका थिए।
यस क्षेत्रलाई उनीहरूले दैवी शक्तिको रूपमा मान्दै मुक्कुमलुङ भनेर पुज्न थाले। समयक्रममा, यो स्थानको नाम परिवर्तन हुँदै पाथीभरा रहन गयो, जसले यसको मौलिक पहिचानलाई ओझेलमा पारेको छ।
मुक्कुमलुङ याक्थुङ समुदायको सांस्कृतिक धरोहर हो। यो स्थानलाई उनीहरूले पवित्र धार्मिक स्थलको रूपमा मान्दै आएका छन्।
मुन्धुममा आधारित विभिन्न धार्मिक अनुष्ठानहरू यहाँ सम्पन्न गरिन्छन्। याक्थुङहरूको परम्परागत संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि मुक्कुमलुङको महत्त्वपूर्ण भूमिका रहेको छ।
संरक्षण अभियानकर्मी थेगिमका अनुसार ‘मुक्कुम’ भनेको शक्ति र ‘मुलुङ’ अर्थ ढुङ्गा हो।
उनी भन्छन्,‘महारानी मुन्धुममा पनि देवस्थल भन्ने हो। जे माग्यो त्यहि बरदान प्राप्त हुने ५० हजार बर्षभन्दा अगाडिदेखिको मान्यता हो। हाम्रो मुक्कुमलुङ शक्तिाशाली ढुङ्गाले बनेको पहाड हो।’
थेगिमका अनुसार प्रकृति बिगार्न हुँदैन। जैविक विविधता संरक्षण गरी राख्नुपर्छ। पछिल्ला पटक गुरुङ र लिम्बुले मानेको, संकेत दिएको भनेर आएको सभ्यता मास्ने दुस्साहस भएपछि संरक्षणका निम्ति संघर्ष जारी छ।
उनी भन्छन्,‘सबै नेपालीको साझा धार्मिक स्थल, पवित्र स्थललाई अपवित्र नबनाम। डेटिङ स्थल नबनाम। एउटा व्यक्तिलाई आदीवासी लिम्बु सांस्कृतिक स्थललाई अपवित्र नगरौं। संरक्षणका लागि जुटेकालाई गोली चलाउनेसम्म भएको छ। हामी जसरी पनि केबलकार बन्न दिँदैनौं।’
हालका वर्षहरूमा, मुक्कुमलुङको मौलिकता र पहिचान मेटिँदै गएको भन्दै याक्थुङ समुदायले चिन्ता व्यक्त गरेका छन्। पाथीभरा नामले यसको ऐतिहासिकता ओझेलमा परेको र हिन्दू धार्मिक संरचनाहरूले यसको मौलिक स्वरूपमा असर पारेको उनीहरूको भनाइ छ।
मुक्कुमलुङ संघर्ष समिति गठन गरी नाम पुनःस्थापना धार्मिक क्षेत्रको संरक्षण र स्वामित्व समुदायलाई हस्तान्तरण गर्ने लगायतका मागहरू अघि सारिएका थिए। तर अब यो संयुक्त संघर्ष भएको थेगिम बताउँछन्।
उनी भन्छन्,‘अहिले हिन्दूवादी संस्थाहरु र बौद्धिस्टले पनि संरक्षणको अभियानमा साथ दिएका छन्। उनीहरू मात्र होइन लिम्बु समुदायको मात्र नभई अहिले गुरुङ समुदायले पनि आफ्नोपनको संकेत दिएका छन्।’
मुक्कुमलुङ याक्थुङ समुदायको सांस्कृतिक र धार्मिक आस्थाको केन्द्र हो। यसको संरक्षण, प्रवद्र्धन, र मौलिक पहिचानको पुनःस्थापनाका लागि समुदायले विभिन्न प्रयासहरू गरिरहेका छन्। यो स्थलको महत्त्वलाई बुझ्दै, सबै पक्षले यसको संरक्षणमा सहयोग गर्न आवश्यक छ।
यता ताप्लेजुङबाट नै प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेता योगेश भट्टराईले यस विषयमा संरक्षणकर्मीलाई साथ दिएका छैनन्। बरु, सभ्यता संरक्षणको साटो पर्यटकीय गन्तब्यका नाममा उनले पत्रकार सम्मेलन गरी भने,‘ संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानूनी प्रकृया पूरा गरेर पाथीभरा देवि मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरू गरेको हो।’
ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेको भट्टराईको दाबी भए पनि लिम्बु समुदाय र संरक्षणकर्मीले त्यसको प्रतिरोध गरिरहेका छन्।
पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रूपले सुन्दर पर्यटकीय स्थल भएकोमा शंका नै नरहेको बताउँदै थेगिम भन्छन्,‘यस्तो चिजको संरक्षण गर्छन् कि कुनै अमुक व्यक्तिलाई व्यापारीकरण गर्छन्। यसले सभ्यताकै अपमान हुन्छ। प्रतिरोध गरिन्छ।’
पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरूले पाथीभरा भ्रमण गरेका थिए भने वर्षेनी यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको दाबी भट्टराईको थियो।
भौगोलिक रूपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस्, वृद्ध–वृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगोस् भन्ने उद्देश्यले केबलकार उपयुक्त विकल्प हुने भट्टराईको दाबी भए पनि सभ्यता र ५० हजार बर्षदेखि शक्ति पिठ मानिएको देवीको ढुङ्गाको पहाडमा पाइला राख्नु तथा त्यसमाथिबाट यात्रा गर्नु उचित नहुने संरक्षणकर्मीको भनाई छ।