Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र र प्रहरीका हवल्दार र जवानहरू जसले आफैंमाथि ठोकेका थिए गोली

बिहीबार, माघ १७, २०८१

काठमाडौं– सशस्त्र र नेपाल प्रहरीका कर्मचारीलाई आत्मसुरक्षा र प्रतिरक्षाका निम्ति हतियार बोक्न दिइएको हुन्छ। तर, कतिपय प्रहरी कर्मचारीले आफैंमाथि गोली चलाएर आत्महत्या गरेका थिए।

तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको थियो। 

तुलसीपुर उपमहानगरपालिका– ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको थियो।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा कपिलवस्तुबाट पुगेका थिए। आएका थिए । केसी ४८ नम्बर रिजर्व गुल्म कपिलवस्तुमा कार्यरत थिए।
आफैंमाथि गोली हान्नेमा नेपाल प्रहरीका हवल्दार पनि थिए। 

जाजरकोटको नलगाड नगरपालिका–७, स्थित इलाका प्रहरी कार्यालय, दल्लीमा कार्यरत एक प्रहरी हवल्दारले आफैंलाई गोली हानेका थिए। 
प्रहरी हवल्दार भोजबहादुर कठायतले आफ्नै कञ्चटमा गोली हान्दा उनको मृत्यु भएको थियो।

बाजुरा जिल्ला घर भएका कठायत आत्महत्या गर्नु चार महीनापूर्वदेखि इप्रका दल्ली जाजरकोटमा कार्यरत थिए।

उता जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैंमाथि गोली चलाएका थिए।

प्रहरी जवान २१ वर्षीय चक्रप्रसाद न्यौपानेले कार्यकक्षभित्रै पेस्तोलले आफ्नै टाउकोमा गोली प्रहार गरेको प्रहरीले जनाएको थियो। टाउकामा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भएको थियो।

प्रबन्ध शाखामा गोली चलेको आवाज आएको थियो। आवाज आउनासाथ अन्य अधिकारीले उनलाई घाइते अवस्थामा फेला पारेका थिए।

न्यौपानेलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी लगिएको थियो। धनगढीमा पनि उपचार हुन नसकेपछि बाँकेको कोहलपुर लगिएको थियो।

यता, आफैंलाई गोली हानेका संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेको मृत्यु भएको थियो।

बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए। प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैंले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको थियो।

२२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए। उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए।

प्रहरीका एक पूर्वआईजी भन्छन्,‘हतियार आत्मरक्षा या सुरक्षाका निम्ति दिइएको हुन्छ। तर कतिपय तनावमा आउने र डिप्रेशनमा गएका कारणले पनि आत्महत्या गर्न त्यसरी गलत हिसाबले बन्दुक चलाउने गरेको विभिन्न छानबिनमा देखिन्थ्यो।’

कतिपय तल्ला तहका प्रहरी कर्मचारी हाकिमको अनावश्यक दबाबका कारण पनि तनावमा आउने गरेको आन्तरिक छानबिनले खुलेका थिए भने कतिपय घरेलु समस्याका कारण पनि आत्महत्याका निम्ति हतियारको दुरुपयोग गरेको भेटिएको छ।
 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्