Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओखलढुंगामा बिरामी बोकेको सुमो दुर्घटना, तीन जनाको मृत्यु

बिहीबार, माघ १७, २०८१

काठमाडौं- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना भएको छ ।

बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए ।

मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।

छोरा पुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्