गायिका रचनाले सार्वजनिक गरिन् अफिसियल लोगो
काठमाडौँ- गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन्।
रिमालले अर्घाखाँची महोत्सवको मञ्चबाट लोगो सार्वजनिक गरेकी थिइन् भने त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई लोगोबारे जानकारी दिएकी छिन्।
सार्वजनिक लोगो रचनाको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथा झल्कने गरि डिजाइन गरिएको छ।
उनले आफ्ना शुभचिन्तकको माया र आशिर्वादका लागि पनि धन्यवाद दिएकी छिन्।
कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ। सोहि अभ्यासलाई रचनाले पनि पछ्याएकी छिन्।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१ १४:०६
प्रतिक्रिया दिनुहोस्