Nic Ad Nic Ad
Nic Ad Nic Ad

आशिका तामाङ्लाई भेटेकी रास्वपा नेत्री सुमना भन्छिन्– उहाँको तरिका अराजक छ तर...

बिहीबार, माघ १७, २०८१

काठमाडौं– अभद्र व्यवाहारमा मुद्दा चलाइएकी कथित अभियानकर्मी आशिका तामाङलाई भेटेपछि रास्वपा सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विहीबार प्रतिक्रिया जनाएकी छन्। 

भक्तपुरको जगाती वृत्तमा तामाङलाई भेटेर आएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्,‘उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिलेसम्म हुन सकेको छैन, सबै वृत्तान्तको भिडिओ आफैले पोस्ट गरेकी छिन् त? यो विभिन्न जिल्लामा जाहेरी दिने को हो, अरु जाहेरीमा पनि यही रफ्तारमा कारवाही हुन्छ?’

सुमनाले केही राज्यसँग केही प्रश्न समेत गरेकी छन्। 

उनी थप लेख्छिन्,‘यो त सरासर “हाम्रो विरोध गर्छस् पख देखाइदिन्छु’’ भनेको होइन? यो भन्दा गम्भीर घटना शिक्षालयमा तालबन्दी तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले।’


 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्