फरार अभियुक्त १४ वर्षपछि पक्राउ
काठमाडौँ- वैदेशिक रोजगारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ३ वर्ष कैद र ३ लाख जरिवाना गरेपछि डिल्लीबजारस्थित कारागार चलान भइ सजाय भुक्तानी नगरी जेलबाटै फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
आखलढुंगाको तत्कालीन सिमादेवी गा.वि.स वडा नं. ७ कुवापानी हाल लिखु गाउँपालिका वडा नं. २ घर भई हाल गोंगवु बस्ने वर्ष ४५ को पेशल राज बुढाथोकीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो ।
उनीविरुद्ध अन्जु महर्जन र सरस्वती मगरलगायतले जाहेरी दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१ १९:१९
प्रतिक्रिया दिनुहोस्