Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसले ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिने

बिहीबार, माघ १७, २०८१

काठमाडौ - नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ । 

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई प्रशिक्षण प्रदान गर्न लागेको हो । २२ र २३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय भएको कास्कीका कांग्रेस सभापति किशोरदत्त बरालले जानकारी गराए ।

प्रशिक्षणमा केन्द्रबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित हुने बरालले जानकारी गराए। स्रोत व्यक्तिका रुपमा प्रशिक्षण विभागका अन्य सदस्यहरु पनि सहभागी हुने भएका छन् । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि प्रत्येक जिल्लाका उपसभापति समेत सहभागी हुनेछन् ।

कांग्रेसको विधान अनुुसार सबै तहमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति हुने व्यवस्था छ । ‘उद्धघाट्न, भाषणको समय धेरै समय हुँदैन । प्रशिक्षणका वक्ताहरुले बोल्ने कार्यक्रम धेरै समय हुन्छ,’ बरालले भने । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रको प्रमुख उपसभापति खड्का छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्