Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने माओवादीको निर्णय

बिहीबार, माघ १७, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसद्लाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ’, पाण्डेले भने, ‘६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन गर्ने सरकारको तयारी छ । समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारकाे सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’

साथै बैठकले सरकार जनसरोकारका मुद्दामा चिन्तित नभएकाले जनताका मुद्दा उठाउने निर्णय गरेको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्