Nic Ad Nic Ad
Nic Ad Nic Ad

सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन

शुक्रबार, माघ १८, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् ।

संसद सचिवालय पुगेका लामिछानेले सभामुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन्।

उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्